नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र

Back to top
NCCKMC/NAST

    परिचय जलवायु परिवर्तन आज विश्वnव्यापी चासोको विषय बनेको छ।पृथ्वीका कुनै पनि वासस्थान, चाहे त्यो समुद्रमुनिको होस् वा वर्वतका टाकुराहरू बढ्दो भूमण्डलीय तापमानको असरहरूबाट अछुतो छैन।हिमनदीहरू पग्लँदै छन्, समतल मैदानहरू डुबानमा परेका छन् र वनस्पतिहरू क्रमश: माथि सर्दैछन् अनि खाद्य सङ्कट देखा पर्दैछ।यी सबै एकै चोटि र अकल्पनीय रूपले दाखा पर्दैछन्।अत: सबै राष्ट्रमहरू यस परिवर्तनबाट जोगिन वा अनुकुलित हुने उपायहरूको खोजीमा छन्।कमलो अनि संवेदनशील पहाडी भूवनोट र व्याप्त् गरिवीका कारण नेपाल जलवायु परिवर्तनको मारबाट धेरै सताइने राष्ट्र हरू मध्येमा एर्छ।जलवायु परिवर्तनको सामना गर्न यसको संस्थागत क्षमता पनि अझ बन्नु बाँकी छ।जलवायु परिवर्तनकोका चुनौतीहरूको सामना गर्न आवश्यक पहिलो आधार भनेको ज्ञान हो । विश्व भरिमै वैज्ञानिक तथा प्राविधिकहरू, व्यवस्थापकहरू र नीति निर्माताहरू सूचना वा ज्ञानको विकास गर्दैछन्।तर ती प्रशस्त छैनन् र प्रामाणिक तथ्याङ्कको पनि अभाव उत्तिकै छ।अर्कातिर मौलिक ज्ञानको सञ्चवय अनि त्यसको प्रसार हुन पनि उत्तिकै आवश्यक छ।त्यसो त यस क्षेत्रमा क्रियाशील संघ संस्थाहरूका बीचमा पनि समन्वयको अभाव पनि उत्तिकै यथार्थरूपमा देखापरेको छ। सो यथार्थलाई मनन गरी नेपालमा जलवायु परिवर्तनसँग सम्बन्धित विविध सूचनाहरूको सङ्कलन एवं व्यवस्थापन गर्दै यस क्षेत्रमा अध्ययन-अनुसन्धान गर्न चाहने सबैलाई एक महत्त्वपूर्ण अध्ययन स्थल उपलब्ध गराउने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानन (नास्ट) र नेपाल सरकार वातावरण मन्त्रालय (MoE) को संयुक्त सहकार्यमा सन् २०१० अक्टोबरमा नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र (Nepal Climate Change Knowledge Management Centre, NCCKMC) को स्थापना भई सन् २०१० नोभेम्बर, 29 गते प्रधानमन्त्री तथा यस प्रतिष्ठा नका कुलपति द्वारा यस केन्द्रको उद्‌घाटन भएको हो।यसका साथै यस केन्द्रलाई नापा परियोजना (NAPA Project) (सन् 2008-2010) को विस्तारित रूपमा पनि लिने गरिन्छ। यस केन्द्रलाई प्रारम्भिक चरणमा DANIDA (डेनिडा) UK DFID (यु. के. डी. एफ्. आइ. डी.) GEF (जी. इ. एफ्) तथा UNDP (यु.एन्. डी. पी.) को पनि सहयोग रहेको थियो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठा्न (नास्ट) मा स्थापित यस केन्द्र (NCCKMC) लाई सबल र प्रभावकारी बनाउन विविध प्रयासहरू भएका छन्।राष्ट्रि य-अन्तर्राष्ट्रिरय संग संस्थाहरू सँग यसको सबलीकरणका विषयमा सहकार्यका प्रयास गर्ने क्रममै यस केन्द्रले सन् 2011 जुन देखि Climate and Development Knowledge Network (CDKN) नामक अन्तर्राष्ट्रिसय संस्थाले नेपाल जलवायु परिवर्तन ज्ञान व्यवस्थापन केन्द्र सबलीकरण परियोजना ‘Strengthening the Nepal Climate Change Knowledge Management Center Project’ शीर्षक अन्तर्गत यस केन्द्रलाई सहयोग गरिरहेको छ।एक वर्ष सम्मका लागि उपलब्ध गराइने सहयोग मध्ये यसका विशेष गरी सात वटा मूल क्षेत्रहरू रहेका छन्।विशेष गरी आठ वटा मूल क्षेत्र (Components) रहेको यस सबलीकरण परियोजनाले यस केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्ने (Capacity Building), युवा अनुसन्धानकर्मीलाई जलवायु परिवर्तन विषयमा अनुसन्धान गराउने (Climate Change Learning for young researchers), अन्य सिकाइ मूलक कार्यक्रमको आयोजना गर्ने (Organize Learning Events), जलवायु परिवर्तन सँग सम्बन्धित विविध सामग्रीहरूलाई सरल नेपाली भाषामा अनुवाद गर्ने (Popularizing and Translating Materials), घुम्ती पुस्तकालय मार्फत जलवायु परिवर्तनसँग सम्बन्धित ज्ञान सम्प्रेषण गर्ने (Mobile Libraries), यस परियोजना सँग सम्बन्धित र अन्य विविध कार्यशाला गोष्ठीi सञ्चा,लन गर्ने (Inception workshop) र सञ्चाार रणोनीति बाउने आदि (Communication Strategy)

Authors
अशोक थापा